बंगलादेश विजयी « Image Khabar


बंगलादेश विजयी


Border circle
Imagekhabar

एजेन्सी । न्युजिल्यान्डसँगको दोस्रो टी–२० मा बंगलादेश चार रनले विजयी भएको छ । ढाकामा बङ्गलादेशले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३७ रनमात्र बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि टम लाथमले अविजित ६७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बंगलादेशका मेहदी हसन र शाकिब अल हसनले दुई–दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै एक सय ४१ रन बनायो ।

उसका लागि मोहम्मद नइमले ३९, महमुदुल्लाहले ३७ र लिटन दासले ३३ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका रचिन रविन्द्रले तीन विकेट लिए । यसअघि पहिलो खेल बङ्गलादेशले सात विकेटले जितेको थियो । पाँच खेलको टी–२० श्रृंखला खेल्न न्युजिल्यान्ड बंगलादेश भ्रमणमा छ ।

प्रतिक्रिया दिनुहोस्