 
	    काठमाडौं, भदौ १८ । एकपक्षीय रुपमा पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए)को भेला आयोजना गरिएको छ ।
यसले नेकपा एमालेमा फेरि खटपट सुरु भएको छ । माधव नेपालको साथ छोडेर एमालेमै विलिन भएका नेताहरुलाई थाहै नदिई भेला आयोजना गरिएपछि समस्या आएको हो ।
दशबुँदे सहमति अनुसार पार्टी अगाडि बढाउन यो भेला रोख्नु पर्ने माग एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले गरे पनि भेला भने भएको छ ।
२ जेठ २०७५ अगाडि पन्त पीपीएलएका इन्चार्ज हुनुहुन्थ्यो । एमाले २ जेठ २०७५ मा फर्किसकेकाले आफै इन्चार्ज भएको जिकिर गर्दै पन्तले भेला रोक्न भनिएको बताउनुभयो । पन्तको विरोधपछि भेलाको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले नगरी नेता प्रदीप ज्ञवालीबाट गराइएको छ ।
एमालेका पुर्व संरचनामै जाँदा पिपिएलएको अध्यक्ष रुद्र नेपाल नै हुनुहुन्छ । उहाँले समेत भेला रोक्न अनुरोध गरिसक्नु भएको छ ।
यही भदौ ८ गते दशबुँदे सहमति कार्यान्वयन सहमतिअनुसार एमालेको सम्पूर्ण पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील भएको निर्णय भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्