२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


गगनले गरे घोषणा विश्वप्रकाश के गर्छन् ? नेतृत्वको इशारा कुर्ने कि चुनौती चिर्ने !

नेपाली कांग्रेसको १४ औं महाधिवेशनः नेतृत्वमा नजर

0
Shares

राजन कुईंकेल ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यक्रम अन्ततः लामो समयको अलमलपछि शुक्रबार भदौं १८ गतेबाट शुरु भएको छ । महाधिवेशनको पहिलो कार्यक्रमअन्तर्गत सबैभन्दा तल्लो इकाई वडा अधिवेशन शुरु भएको छ । यद्यपि, कांग्रेसले एकसाथ देशैभर एकैदिन वडा अधिवेशन गर्ने दाबी गरिरहँदा पूर्व निर्धारित मिति १८ भदौंमा जम्मा ५६ जिल्लाका वडामा मात्र अधिवेशन सम्भव भयो । बाँकी जिल्लाले पनि आफूनुकूल समयमा अधिवेशन गर्ने गरी मिति तोकेका छन् । यसो गर्दा पनि २१ भदौंभन्दा पर वडा अधिवेशनलाई लैजान पाइने छैन ।

चार वर्षे कार्यकालका लागि निर्वाचित वर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन भने संवैधानिक संकट नआउँदासम्म गराएनन् । कांग्रेसमा सबैभन्दा ठूलो विवादको जड मानिएको क्रियाशील सदस्यमा आफ्ना मान्छे भर्ती गर्ने लज्जाजनक खेलका कारण पछिल्ला वर्षहरुमा कांग्रेसको महाधिवेशन समयमा हुन छाडेको छ । त्यसैको परिणाम चार वर्षे कार्यकालका लागि चुनिएका देउवाले विधान र संविधानले दिएका सबै छिद्रलाई प्रयोग गरेर आफ्नो पदावधि लम्ब्याए । हुँदाहुँदा महाधिवेशन नगराए पार्टी नै अवैध/गैरकानूनी हुने भएपछि बल्ल अधिवेशन गराउन बाध्य भए । बाँकी कार्यसमितिका सदस्य सभापतिलाई छेक्नेभन्दा लाचार छायाँ झै लतारिए ।

१३ औं महाधिवेशनमा प्रतिष्पर्धी रामचन्द्र पौडेललाई हराएर सभापति बनेका देउवा यस पटक पनि आफू स्वयं सभापतिको आकांक्षी हुन् । तर उनको यो आकांक्षालाई अघिल्लो पटक जस्तो यस पटक आफ्नै शिविरभित्र निर्विकल्प समर्थन रहेन । १४ औं महाधिवेशनमा सभापति बनाउने बचन दिएर अघिल्लो पटक सहयोग लिएका निकटतम सहयोगि बिमलेन्द्र निधि यस पटक पनि देउवाले नछाड्ने भएपछि सभापतिमा उम्मेदवारी घोषणा गर्दै अगाडी बढेका छन् । यसअलवा देउवा शिविरकै गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबी गरेका छन् ।

पदाधिकारीमा आउने युवाको अनुहार कस्तो होला ? त्यसैले कांग्रेसको भावी अनुहार र उसले लिने नीतिको आंकलन गर्न सकिन्छ । अबको कांग्रेस तिनै युवाको हातमा पुग्ने भएकाले उनीहरु फगत नेतृत्व दाबी मात्रै गर्छन् वा कांग्रेस रुपान्तरणको योजनासहित आउनेछन् त्यसले उनीहरुको भाग्यको फैसला गर्नेछ । कांग्रेसीजन र शुभचिन्तकहरुले कांग्रेसको भावी अनुहारका रुपमा थुप्रैं नेता रहे पनि दुई युवालाई विशेष गरेर हेरेको देखिन्छ । वर्तमान पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापा कुन पदमा प्रतिष्पर्धा गर्नेछन् र कार्यकर्ताले कसरी जिम्मेवारी सुम्पनेछन्, त्यसले कांग्रेसको भविष्यको नेतृत्वको आकार देखिनेछ ।

उता, देउवा इतर शिविरले भने सभापतिमा एकल उम्मेदवार तय गर्न सकेका छैनन् । मूलतः पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालाले आफ्नै उम्मेदवारीमा सघाउनुपर्ने अडान कायमै राखेका छन् । सर्वसम्मत उम्मेदवार तय गर्न नसकेको यो समूहले वडा अधिवेशनको पूर्वसन्ध्यामा आफूहरु एक रहेको र महाधिवेशनसम्ममा एउटै उम्मेदवार लिएर मैदानमा आउने पत्रकार सम्मेलन गरी कार्यकर्तालाई जानकारी गराए ।

अघिल्लो महाधिवेशनमा तेस्रो शिविर चलाएका कृष्ण सिटौलाले के गर्छन् भन्ने अझै प्रष्ट छैन । यद्यपि, त्यसबेला उनको शिविरमा रहेका लोकप्रिय नेता गगन थापाले यस पटक पौडेल शिविर रोजेका छन् । र उनले आफू महामन्त्रीमा उम्मेदवार रहने घोषणा नै गरिसकेका छन् । यस्तोमा सिटौलाको समर्थन पनि देउवा इतर पक्षमै रहन्छ कि भन्ने अनुमान गर्न सकिन्छ ।

यस पटकको महाधिवेशनलाई कांग्रेसी नेताहरुले नेतृत्व हस्तान्तरणको संक्रमण समय भनेका छन् । यस पटक धेरै युवा अर्थात् तेस्रो पुस्ताका नेताहरु पार्टीको निर्णाधिकारी बनेर उदाउने अनुमान गरेका छन् । मूलतः केन्द्रीय समितिदेखि पदाधिकारीसम्ममा युवाको जबरजस्त प्रवेश हुने र त्यसलाई अब रोक्न नसक्ने उनीहरु स्वयं स्वीकार्दैछन् । सभापतिको उम्मेदवारहरुले नै १५ औं महाधिवेशनमा युवा पुस्ता आउने र उनीहरुलाई नेतृत्वमा लग्न सघाउने बचन दिँदै भटाभट उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यस्तोमा पदाधिकारीमा आउने युवाको अनुहार कस्तो होला ? त्यसैले कांग्रेसको भावी अनुहार र उसले लिने नीतिको आंकलन गर्न सकिन्छ । अबको कांग्रेस तिनै युवाको हातमा पुग्ने भएकाले उनीहरु फगत नेतृत्व दाबी मात्रै गर्छन् वा कांग्रेस रुपान्तरणको योजनासहित आउनेछन् त्यसले उनीहरुको भाग्यको फैसला गर्नेछ । कांग्रेसीजन र शुभचिन्तकहरुले कांग्रेसको भावी अनुहारका रुपमा थुप्रैं नेता रहे पनि दुई युवालाई विशेष गरेर हेरेको देखिन्छ । वर्तमान पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापा कुन पदमा प्रतिष्पर्धा गर्नेछन् र कार्यकर्ताले कसरी जिम्मेवारी सुम्पनेछन्, त्यसले कांग्रेसको भविष्यको नेतृत्वको आकार देखिनेछ ।

नेतृत्वसँग मागेरभन्दा खोसेरै जिम्मेवारी लिएका विद्रोही र लडाकू स्वभावका थापाले यस पटक पनि कुनै शिविरको छाता बोकेरभन्दा आफ्नो वडास्तरका नेता कार्यकर्ताबीच उम्मेदवारीको घोषणा गरेका छन् । आशा गरेका दुई अनुहार मध्ये थापाले खुला रुपमा उम्मेदवारीको घोषणा गरिसक्दा पनि शर्माले भने उम्मेदवारीका बारेमा प्रष्ट गरिसकेका छैनन् । थापाभन्दा ठीक विपरित स्वभावका प्रवक्ता शर्मा चुनौती दिएरभन्दा नेतृत्वको विश्वासमा जिम्मेवारी लिँदै अगाडी बढेका छन् । मध्यमार्गी चरित्रका शर्मालाई सभापति देउवाले विश्वास गरेर प्रवक्ताको जिम्मेवारी सुम्पेका हुन् । त्यसैले हुनसक्छ, आफ्नो आगामी निर्णयका लागि उनी अझै देउवाकै इशारा कुर्दैछन् ।

१३ औं महाधिवेशनमा वर्तमान महामन्त्री डा. शशांक कोइराला र नेता अर्जुननरसिंह केसीसँग अपत्यारिलो ढंगले प्रतिष्पर्धा गरेका थापाले यस पटक पनि सोही पदमा उम्मेदवारी घोषणा गर्दै जिम्मेवारीमा पुग्ने आकांक्षा लिएका छन् । अपत्यारिलो यसकारण भनिएको कि कोइराला पार्टी संस्थापक बीपी पुत्र तथा अफ्नै ससुरा केसी स्वयं मैदानमा रहँदा अन्तिममा उम्मेदवारी फिर्ता लेलान् भन्ने धेरैको अनुमानलाई उनले गलत साबित गर्दै नडगमगाई उभिएका थिए । नेतृत्वसँग मागेरभन्दा खोसेरै जिम्मेवारी लिएका विद्रोही र लडाकू स्वभावका थापाले यस पटक पनि कुनै शिविरको छाता बोकेरभन्दा आफ्नो वडास्तरका नेता कार्यकर्ताबीच उम्मेदवारीको घोषणा गरेका छन् ।

आशा गरेका दुई अनुहार मध्ये थापाले खुला रुपमा उम्मेदवारीको घोषणा गरिसक्दा पनि शर्माले भने उम्मेदवारीका बारेमा प्रष्ट गरिसकेका छैनन् । थापाभन्दा ठीक विपरित स्वभावका प्रवक्ता शर्मा चुनौती दिएरभन्दा नेतृत्वको विश्वासमा जिम्मेवारी लिँदै अगाडी बढेका छन् । मध्यमार्गी चरित्रका शर्मालाई सभापति देउवाले विश्वास गरेर प्रवक्ताको जिम्मेवारी सुम्पेका हुन् । त्यसैले हुनसक्छ, आफ्नो आगामी निर्णयका लागि उनी अझै देउवाकै इशारा कुर्दैछन् ।

तर देउवा शिविरमा दोस्रा तेस्रा पदका आकांक्षी धेरै नेता भएकाले शर्माको काँधमा महामन्त्रीको जिम्मेवारी सुम्पन देउवा तयार होलान् या नहोलान् संशयको विषय छ । दुई महामन्त्री निर्वाचित हुने कांग्रेस विधानमा थापा र शर्मा दुबैले महामन्त्रीमा उम्मेदवारी दिए भने कार्यकर्तालाई भविष्यको नेतृत्व चुन्ने बम्पर उपहार मिल्नेछ । र स्वाभाविक छ, सभापतिमा को जित्छभन्दा महामन्त्रीमा यी दुई अनुहार छुट्लान् भन्ने चिन्ता र हुटहुटीले कार्यकर्ता र शुभचिन्तकको धड्कन बढ्नेछ । अब हेर्न बाँकी छ, शर्माले चुनौती चिर्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नेछन् वा नेतृत्वको इशारा कुर्नेछन् !