३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धा गर्न कांग्रेस सभापति देउवाको आह्वान (भिडियाेसहित)

संस्थापन ईतरका नेताहरु भन्छन्–पार्टीको गौरवशाली ईतिहास सम्झेर नेतृत्व चयन होस

0
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि सुरु भएको कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा स्वस्थ प्रतिष्पर्धा गर्न आग्रह गर्नुभएको छ ।

वडा तहको अधिवेशन शुरु हुनु अघि सन्देश जारी गर्दै देउवाले नेपाली कांग्रेस लोकतन्त्रको पर्यायबाची भएकाले तल्लो तहबाटै स्वस्थ प्रतिष्र्धा हुनुपर्ने बताउनु भएको हो ।

उहाँले कांग्रेस सुदृढ र बलियो भए मात्र लोकतन्त्र बालियो हुने पनि बताउनु भएको छ । अधिवेशनका कोरोना संक्रमण सम्बन्धि स्वास्थ्य मापदण्ड पालना गर्न पनि उहाँले सुझाव दिनुभएको छ ।

https://www.facebook.com/sherbahadurdeubanc/videos/212745884215052