Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


‘विराट जुत्ता–चप्पल व्यापार मेला’ सुरु


0
Shares

विराटनगर, पुस १ । ‘स्वदेशी जुत्ता–चप्पलको प्रवर्द्धन हाम्रो अभियान’ मूल नारासहित मंगलबारदेखि विराटनगरमा ‘विराट जुत्ता–चप्पल व्यापार मेला’ सुरु भएको छ ।

नेपाल ‘ब्रान्ड’लाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको मेलाको प्रदेश नम्बर–१ का सरकारका उद्योग, पर्यटनमन्त्री जगदीश कुसियतले उद्घाटन गरे ।

मन्त्री कुसियतले स्वदेशी उत्पादनहरुको प्रवर्द्धनका लागि नेपालीे उत्पादन उपभोग गर्ने संस्कारको विकास गर्न आवश्यक रहेको बताए ।

दुई सातासम्म चल्ने मेलामा तीन हजारभन्दा बढी १०० रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँसम्मको जुत्ता रहने उल्लेख छ ।

त्यस्तै, मेला एक लाख ५० हजारले अवलोकन गर्ने र एक करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकको छ ।