
काठमाडौं, पुस १ । साताको दुई दिन ऋणात्मक रहेको सेयरबजारमा मंगलबार नगन्य अंकले मात्र सकारात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंकले हरियो रही ११ सय ५५ कायम भयो ।
यसदिन कारोबार भएका आधाजसो समूह रातो रहे भने आधा समूह हरियो रहे ।
यसदिन जीवनबिमा समूहमा सबैभन्दा उच्च ४६ अंकले सुधार आउँदा निर्जीवन बिमा समूह पनि ३६ अंकको सुधार आयो ।
यसदिन १६७ कम्पनीको ८ लाख ४० हजार कित्ता सेयर २७ करोड ९२ लाखमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्