
काठमाडौं, पुस १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले अंक बाँड्दै लिगको सुरुआत गरेका छन् ।
मंगलबार दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
बराबरीसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।
खेलमा पुलिसका केही गोल गर्ने अवसरलाई हिमालयनका गोलकिपर किशोर गिरीले विफल पारेका थिए ।
एनआरटीको विजयी सुरुआत
यसअघि, मंगलबारै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेल जित्दै न्यूरोड टिम (एनआरटी)ले विजयी सुरुआत गरेको छ ।
न्यूरोडले सरस्वती युथ क्लबलाई ४–० को फराकिलो अन्तरले हराएको हो । सरोज तामाङले दुई तथा जुनियर ओन्गुएन र जोर्डन एनडेम्बाले एक/एक गोल गरे ।
गएको शनिबारदेखि सुरु भएको लिगको नयाँ संस्करणमा यसअघि च्यासल युथ क्लब, त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबले सुखद सुरुआत गरेका थिए । संकटा क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले भने हारबाट अगाडि खेल्न थालेका छन् ।
१४ टोली सहभागी लिग आउँदो फागुन ३ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्