काठमाडौं, भदौ १७ । नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सत्ता गठबन्धन दलहरुकै कारण देश चाडैँ निर्वाचनमा जाने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै उहाँले गठबन्धनभित्रको विभिन्न स्वार्थ समूहका कारण देशको गतिरोधलाई अन्त्य गर्न ताजा जनादेशको विकल्प नरहेको तर्क गर्नुभयो ।
पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले दुई खर्ब भन्दा बढी रकम युवाहरुको उद्यमशीलता र स्वरोजगारका लागि छुट्याएको भए पनि राज्यका निकायले पारदर्शी रुपमा युवामाझ वितरण नगरेको टिप्पणी पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्