१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


‘पीपीएल’मा चितवनको विजयी सुरुआत, पोखरा ६ विकेटले पराजित


0
Shares

पोखरा, पुस १ । पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटमा चितवन राइनोज्ले विजयी सुरुआत गरेको छ ।

मंगलबार पोखरा रंगशालामा भएको आफ्नो पहिलो खेलमा साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुआत गरेको हो ।

पोखराले दिएको १०८ रनको सामान्य चुनौती चितवनले १४ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

चितवनका लागि हङकङका खेलाडी बाबर हायातले ४२ बलमा अविजित रहँदै सर्वाधिक ६६ रन बनाए ।

पोखराका लागि रशिद खान र सर्वजित लड्डाले २/२ विकेट लिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ‘अलआउट हुँदै १०७ रनमात्र बनाएको थियो । कप्तान शरद भेषावकरले ३९ बलमा सर्वाधिक ४५ रन बनाए ।

चितवनका सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २/२ विकेट लिए । करण केसी, विक्रम सोब र कप्तान पारस खड्काले एक/एक विकेट झारे ।

चितवनले विजयी सुरुआत गर्दा पोखराले पहिलो हार व्यहोरेको छ । उद्घाटन खेलमा पोखराले काठमाडौं गोल्डेन वारियर्सलाई हराएको थियो ।

समान २ अंकको चितवन रनरेटका आधारमा शीर्ष स्थानमा रहँदा एक्सपर्ट धनगढी दोस्रो, पोखरा तेस्रो तथा बुटबल ब्लास्टर्स चौथो स्थानमा छ । विराटनगर टाइटान्स र काठमाडौंले अंकको खाता खोलेका छैनन् ।