५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


पोखराका दुई स्थानमा पहिरोले बगाउँदा तीन जनाको मृत्यु, एक बेपत्ता, पाँच घाइते (अपडेट)


0
Shares

प्रदिप पौडेल
पोखरा । अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गुमेको छ । एक जना बेपत्ता भएका छन् । पाँच जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले पोखरा २० भलाममा र पोखरा ११ काहुँमा पहिरो जाँदा भलाममा दुई जना र काहुँमा एक जनाको ज्यान गुमेको जानकारी दिनुभयो । ज्यान गुमाउनेमा पोखरा २० भलामका भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङ छन् । श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै ज्यान गुमाएको उहाँले बताउनुभयो । उनीहरुका तीन वर्षीय छोरा सन्तोष पहिरोमा बेपत्ता छन् । नौ वर्षीय घाइते छोरा राजकुमारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको ज्यान गएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि डिस्चार्ज भएकी छन् । श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उद्धार गरी मामाको घरमा राखिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै पोखरा–११ बसेरीमा एक घर पहिरोमा पुरिँदा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु, छोरा गिरीश घाइते भएका छन् ।

भालममा राति करिव ११ बजे घर माथिबाट आएको पहिरोले श्रेष्ठको घर भत्काएको हो । पहिरो गएको बेला घरमै सुतेका उनीहरुलाई पहिरोले घर सहित बगाएको हो । श्रेष्ठको घरको निसाना समेत देखिएको छैन । श्रेष्ठलाई घरबाट तीनसय मिटर तलबाट उद्धार गरि अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही ठाउँबाट मृत अवस्था उनकी श्रीमति श्रीमयाँ तामाङ श्रेष्ठको शव निकालिएको थियो । उनको तीन वर्षीय छोरा सन्तोषको खोजी कार्य जारी छ । उक्त स्थानमा थप पाँच घर पूर्ण रुपमा क्षती पुगेको छ । उक्त स्थानमा रहेको महेन्द्र मावि सहित आठ वटा घरमा आंशिक क्षति भएको वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्ण क्षती भएका पाँच घरका परिवारलाई आफन्तकोमा लगिएको छ । भने, आंशिक क्षती भएका घरमा रहेका मानिस भने घरमै रहेका छन् ।

भलामकै मुलपानीमा अर्को एक घर बगाएको छ । त्यसैगरी पोखरा ६ बैदाममा शिव पौडेलको घरमा बाढीले क्षति पु¥याएको छ । पहिरो स्थलमा गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायतले निरिक्षण गर्र्दै उचित राहतको आश्वासन दिएका छन् ।