७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


बैतडी घर भएका युवकको मलेसियामा मृत्यु


65
Shares

बैतडी । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४ का ३३ वर्षीय गोपालसिंह विष्टको बुधबार मृत्यु भएको हो ।

सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको सहकर्मी दिनेश खड्काले जानकारी दिनुभयो । कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्टको केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए ।

बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासी ढलेका उनको त्यहिँ मृत्यु भएको खड्काको भनाइ छ । विष्टको मृत्युको कारण खुलेको छैन । उनको शव परीक्षणका लागि क्लालाम्पुर अस्पतालमा राखिएको छ ।

रोजगारीको लागि उनी ३ वर्ष अगाडी प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए ।