
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरीटारमा फुटबल तथा एथलेटिक्स खेलमैदान निर्माणको काम भइरहेको छ ।
हेटौंडास्थित राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा रहेको जग्गामा खेलकुद परिषद्ले खेलमैदान निर्माण काम गरिरहेकोे हो ।
राष्ट्रिय खेलकुद परिषदले अन्तर्राष्ट्रियस्तरको फुटबल र एथलेटिक्स खेलमैदान बनाउने योजना अनुरुप रंगशाला निर्माणको क्रममा हाललाई फुटबल र एथलेटिक्सको खेलमैदान निर्माण गरिरहेको छ ।
२०७६ साल साउनदेखि निर्माण सुरु भएको खेल मैदानको लागत रकम ४ करोड १९ लाख रहेको छ ।
आगामी चैत्रसम्म सम्पन्न गर्ने लक्ष राखिएको खेल मैदानमा ४० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
खेलमैदान निर्माण सम्पन्न भएपछि यहाँ हरेक स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सकिनेछ ।
दर्शकहरु बस्ने प्याराफिटको निर्माण अर्को योजनामा गर्ने गरी काम भइरहेको परिषद्ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्