
काठमाडौं, पुष १ । लेबनानमा प्रमुख दलहरुले विरोध प्रदर्शन जारी राखेपछि नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
प्रमुख इसाइ दलहरुले कामचलाउ प्रधानमन्त्री साद हरीरीको उम्मेद्वारीलाई समर्थन नगरेपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध भएको हो ।
सरकार विराधी प्रदर्शनहरु बढ्दै गएपछि प्रधानमन्त्री हरीरीले गत अक्टोबरमा पदबाट राजीनामा दिएका थिए ।
हरीरीले फेरि नयाँ प्रधानमन्त्रीका लागि दलहरुको समर्थन नपाएपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनएका छन् । लेबनानमा धार्मिक शक्तिहरुबीच शक्ति बाँडफाँट हुने गरेको छ ।
जसका कारण फरक फरक समुदायका प्रधानमन्त्री र राष्ट्रपति भएपछि एकअर्काबीच विवाद हुने गरेको छ ।
लेबनानको संविधान अनुसार संसद र सरकारमा इसाइ र मुस्लिम धर्मावलम्बीहरुको समान प्रतिनिधित्व हुनुपर्छ ।
साम्प्रदायिक शक्ति बाँडफाँटको आधारमा हरीरीको उम्मेदवार संविधानको व्यवस्थाविरुद्ध रहेको अधिकारीहरुले आरोप लगाएका छन् ।
पछिल्ला दिनहरुमा हरीरीले फेरि पनि सरकारको नेतृत्व गर्ने चाहना राखेका समाचार बाहिरीएपछि प्रदर्शनहरु थप चर्किएका छन् ।
सर्वसाधारणको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेको समाचारमा जनाइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्