३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


ट्रक एकापसमा ठाेंकीदा एकजनाको मृत्यु, तीन घाइते


0
Shares

चितवन, मंसिर ३० । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा सोमबार बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक सोमबार बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ७९६७ नंको ट्रकका चालक जोगीको उपचारका क्रममा बिहान ८ः२५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल ब्रदेवान, ८७४३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन र सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जनाकै अवस्था मध्यम रहेको छ । रासस