१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


उत्तर कोरियाले परमाणु कार्यक्रम पुनः सुरु गरेको संयुक्त राष्ट्र संघको आशंका


0
Shares

एजेन्सी । उत्तर कोरियाले आफ्नो परमाणु रियाक्टर कार्यक्रलाई पुनः सुरु गरेको संयुक्त राष्ट्र संघ परमाणु एजेन्सीको एक रिपोर्टले जनाएको छ । यो रियाक्टरमा परमाणु हतियारका लागि प्लूटोनियम तयार गरिएको मान्यता राखिन्छ ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीलाई उत्तर कोरियाले सन् २००९ मा देशबाट निकालेको थियो र उसको आँकलन सेटलाइट तस्बिरमा मात्रै निर्भर छ । एजेन्सीले आफ्नो हालैको रिपोर्टमा जुलाईको सुरुवातदेखि रियाक्टरमा भएको लगातारको गतिविधिमार्फत यो पुनः सुरु भएको संकेत मिलिरहेको बताएको छ ।

एजेन्सीका अनुसार रियाक्टरमा जुलाईदेखि कुलिङ वाटर निस्किरहेको छ । उत्तर कोरियाको व्यंगब्यन ५ मेगावाट रियाक्टरको एउटा न्यूक्लियर कम्प्लेक्स हो जसलाई परमाणु कार्यक्रमको केन्द्र मानिन्छ । सन् २०१८ पछि रियाक्टरमा यस प्रकारको गतिविधिको यो पहिलो संकेत हो ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको भेटवार्ता पछि उत्तर कोरियाले आफ्ना गतिविधि रोक्ने जनाएको थियो । उत्तर कोरियाको परमाणू कार्यक्रमलाई अमेरिका र दक्षिण कोरियाले सुक्ष्म तरिकाले हेरिरहेको बताएका छन् ।