
रुकुम, मंसिर ३० । यसवर्ष हिउँद याममा समयमै पानी पर्दा रुकुमका कृषकहरु खुशी भएका छन् ।
गतवर्ष भन्दा यसवर्ष समयमै पानी परेपछि यहाँका कृषकहरुले अन्नबाली सप्रने आशा गरेका छ्न ।
कृषकहरुले गहुँबाली, तोरी, फापर, जौ, मुसुरो, केराउलगायतका अन्नबाली लगाएका छन् । गएको वर्ष समयमै पानी नपर्दा यहाँको अन्नबाली सुकेको थियो । प
र्याप्त मात्रामा सिचाइको सुविधा नहुँदा यहाँका अधिकांश कृषक आकासे पानीको भरमा खेती गर्न बाध्य भएका छ्न ।
सिचाइ सुविधा नभएकाले यहाँका कृषकले लगाएको अन्नबालीले ६ महिना मात्र धान्ने गर्दछ । बाँकी ६ महिनाका लागि उनीहरु भारतलगायतका देशहरुमा मजदुरी गर्न जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्