१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


सुनको मूल्य पुनः उकालो लाग्यो


0
Shares

काठमाडौं । आइतबार सुनको मूल्य पुनः उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सयले उकालो लागेर ७१ हजार ३ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ४ सयले ओरालो लागेर ७० हजार ८ सयमा कारोबार भैरहेको थियो ।

यस दिन चाँदीको भाउ पनि ५ रुपैयाँले उकालो लागेर ८ सय ४५ मा कारोबार भएको महासंघले जनाएको  छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंन्स १४ सय ८० डलर हाराहारीमा कारोबार भैरहेको थियो ।