
पोखरा । साविक विजेता पोखरा पल्टनले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा विजय शुरुवात गरेको छ ।
पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा काठमाडौं गोल्डेनलाई ९ विकेटले पराजित गर्दै शरद भेषावकरको कप्तानीमा रहेको पोखराले शानदार शुरुवात गरेको हो ।
काठमाडौंले दिएको एक सय १६ रनको सामान्य चुनौती पोखराले १४ ओभर १ बलमा एक १ विकेट गुमाएर पूरा गर्यो ।
ओपनिङ्ग ब्याट्सम्यान कुशल भुर्तेलले ५ छक्का र ४ चौकाको मद्धतले ४३ बलमा अविजित रहँदै ६५ रन बनाए । यस्तै रविइन्दर सिंहले ३२ बलमा अविजित रहँदै ३८ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ८ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।
खराब सुरुवात गरेको काठमाडौंले ९ ओभर ३ बल खेल्दा ५ विकेट गुमाएर ४५ रनमात्र बनाएको थियो ।
त्यसपछि आएका सुबोध भाटीले २९ बलमा ४५ रन बनाएपछि काठमाडौंले सम्मानजनक स्कोर बनाएको थियो ।
कप्तान ज्ञानेन्द्र मल्लले एक रनमात्र जोडेको इनिङ्समा रसिल खान, कुशल मल्ल र ललित राजवंशीले समान २/२ विकेट लिए ।
सोमबारदेखि दुई खेल हुँदैछन् । प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछ ।
पहिलो खेलमा बिहान ९ बजे विराटनगर टाइटान्स र एक्सपर्ट धनगढी सवा १२ बजे काठमाडौं गोल्डेनले बुटवल ब्लास्टर्ससंग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्