३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


दुई मोटरसाइकल ठोकिंदा एकको मृत्यु


0
Shares

लहान, मंसिर २९ । सिरहाको लहान–ठाडी सडकअन्तर्गत लहान नगरपालिका–२३ स्थित सडकमा दुईवटा मोटरसाइकल आपसमा ठोकिंदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स३प ५३१९ र विपरीत दिशाबाट जाँदै गरेको स६प २६७६ नंको मोटरसाइकल आपसमा ठोकिंदा स३प ५३१९ नंको मोटरसाइकलका चालक लहान नगरपालिका–५ निवासी ४० वर्षीय सबिर अहमद नवाफको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते नवाफलाई उपचारका लागि लहान अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । सोही दुर्घटनामा परी लहान नगरपालिका–२४ गोविन्दपुर निवासी २१ वर्षीय राहुल भण्डारी र स।६प। २६७६ नंको मोटरसाइकल चालक लहान–२३ बथनाहा निवासी १८ वर्षीय रामशङ्कर यादव घाइते भएका छन् ।

घाइते दुवैलाई थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । रासस