
धनकुटा, मंसिर २९ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको फलैंचामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अटो चालक धनकुटा–२ का दशरथ पाख्रिन र तेह्रथुमको छथर गाउँपालिका–१ का साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते दुईजनालाई उपचारका लागि हिले र धनकुटा अस्पतालमा पठाइएको छ ।
धनकुटाको हिलेबाट सिंधुवा जाँदै गरेको को २ अ ६६११ नम्बरको अटो तेह्रथुमको बसन्तपुरबाट हिले आउँदै गरेको को १ ख ६९१२ नम्वरको मसिन बोकेको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्