३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


सिन्धुपाल्चोक बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो, १७ घाइते (५ तस्विर )


0
Shares

सिन्धुपाल्चोक, मंसिर २९ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका – ७ को ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो ।

हालसम्म १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए  । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

घाइतेहरुलाई खाडीचौर, धुलिखेल लगायत अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

घटनास्थलमा प्रहरी पुगिसकेकोले उद्धारकार्य भइरहेका र मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । बस s/La # ;o ld6/मिटर तल खसेको प्रहरीले जनाएको छ । 

कालिन्चोक भगवतीको दर्शन गरी  भक्तपुर फर्कदैं गरेको बा २ ख ४४६८ नम्बरको रिर्जभ यात्रुबस दुर्घटनामा परेको थियो ।