काठमाडौं, मंसिर २८ । यो साता सेयरबजार परिसूचकसँगै कारोबार पनि बढ्यो ।
सुरुआती दिनदेखि नै उकालो लागेको सेयरबजार साताभरिमा बजार परिसूचक नेप्से ३७ अंकले उक्लियो ।
अघिल्लो साता पनि नेप्से उकालो लागेको थियो ।
यो साता कारोबार भएका सबैजसो समूहमा सुधार आएसँगै नेप्से पनि उकालो लागेको हो ।
यो साता कुल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता सेयर दुई अर्ब ५६ करोड ७४ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भयो ।
कारोबारका आधारमा दुई अर्बमाथि पुगेको यो धेरैपछि हो ।
यो साता कारोबारका आधारमा एनएमबि बैंक सबैभन्दा अग्रस्थानमा रह्यो भने बैंकलाई सान्जेन जलविद्युुत् आयोजना पच्छयाउन पुग्यो ।
पछिल्ला दिनमा नेप्सेले उकालोको यात्रा तय गर्दा सेयर लगानीकर्ता उत्साहित भएका छन् ।




प्रतिक्रिया दिनुहोस्