१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


‘ए’ डिभिजन लिगमा मच्छिन्द्रको विजयी सुरुआत


0
Shares

काठमाडौं, मंसिर २८ । मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा मच्छिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मच्छिन्द्रका लागि योगेश गुरुङ र दीपक राईले एक/एक गोल गरे ।

खेलको ३०औं मिनेटमा योगेशले हेडगोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा दीपकले गोल गर्दै मच्छिन्द्रको आग्रता दोब्बर पारेका थिए । त्यसपछि थप कुनै गोल भएन ।

जितसँगै मच्छिन्द्रले ३ अंक जोडेको छ ।

खेलको ‘म्यान अफ दी म्याच’ मच्छिन्द्रका विशाल राई घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

आउँदो फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् ।

विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौंले ७ लाख र छैटौं हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछ ।

लिगको हरेक खेल जित्ने टोलीले ‘बोनस’स्वरुप ५० हजार पाउनेछ । खेल बराबरी भए समान १५/१५ हजार रुपैयाँ पाउनेछन् ।

योपटक एक टोलीमात्र ‘रेलिगेसन’मा पर्नेछ ।