
काठमाडौं, मंसिर २८ । उत्तर कोरियाले भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आणविक क्षमता बढाउन अर्को महत्वपूर्ण परीक्षण गरेको छ ।
उत्तर कोरियाली सरकारी सन्चारमाध्यम ‘केसीएनए’ले परीक्षणको जानकारी दिएको छ ।
केसीएनएका प्रवक्ताले सोहाए स्याटेलाइट ‘लन्चिङ ग्राउन्ड’मा परीक्षण गरिएको बताएका छन् ।
उत्तर कोरियाले एक हप्तायता गरेको यो दोस्रो परीक्षण हो ।
अमेरिका र उत्तर कोरियाबीच उत्तर कोरियाको आणविक वार्ता अहिले अवरुद्ध छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आणविक कार्यक्रम पूर्णरुपमा नत्यागेसम्म ऊमाथिको प्रतिबन्ध हटाउन अस्वीकार गरेका छन् ।
प्योङयाङले भने यो वर्षको अन्त्यसम्मका अमेरिकाले नयाँ सहुलियतहरू नदिए नयाँ बाटो अपनाउने चेतावनी दिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्