
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप १० जिल्लाको क्रियाशील सदस्यको नामावली सूची सार्वजनिक गरेको छ ।
क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका १० जिल्लाका क्रियाशील सदस्यको नामवली सार्वजनिक गरिएको समितिक संयोजक महादेव प्रसाद यादवले जानकारी दिनुभयो । नामावली पार्टीको वेबसाइटबाट हेर्न सकिने समितिले जनाएको छ ।
समितिले धनकुटा, भोजपुर, गल्मी, प्यूठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख र अछामको क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको हो । साथै यी जिल्लाहरूमा निर्वाचन अधिकृत पनि खटाइएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि बिहीबार मात्र कांग्रेसले ३८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्दै निर्वाचन अधिकृत तोकेको थियो ।
कांग्रेसका नेतृत्व अझै पनि क्रियाशील सदस्य विवादमा रुमल्लिएर बस्दा केन्द्रीय निर्वाचन समितिले भने वडा तहको अधिवेशनको तयारीमा जुटिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्