११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


हराएका २४ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण


0
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २४ वटा मोटरसाइकल सम्बन्धित धनीलार्ई हस्तान्तरण गरेको छ ।

विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको हो ।

सवारीसाधन हस्तान्तरण गर्दै महाशाखाका प्रमुख जनक भट्टराईले मोटरसाइकल चोरी नियन्त्रणका लागि सवारी धनी चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

चालु आर्थिक वर्ष २०७८/०७९ को साउन र भदौमा १० जना मोटरसाइकल चोरलाई पक्राउ गरी कारबाही गरेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

चोरीको मोटरसाइकल खोजी गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ट्राफिक प्रहरीलाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।