
तस्विर फाइल
काठमाडौं । बर्दियामा भदौ १० गते सम्म जारि निषेधाज्ञा भदौ २५ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभीट संकट ब्यवस्थापन केन्द्रको बैठकले भदौ २५ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो ।
यस अबधिमा साबधानी अपनाउदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ बजे देखि साझ ७बजे सम्म सन्चालन गर्न पाइने छ ।
विद्यालय, पार्लर, सैलुन, रेष्टुरेन्ट, जिमखाना सहितका अलि बढि भिँडभाँड हुने पसलहरु भने खोल्न नपाइने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनु भयो । यस्तै सार्वजनिक सवारी साधनहरु स्वास्थ मापदण्डको पालना गरि बिहान ७ बजे देखि बेलुका ६बजे सम्म चलाउन पाइने छ ।
प्रतिक्रिया दिनुहोस्