Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


काठमाडौंमा हस्पिट्यालिटी तथा फुड सेफ्टीबारे उच्च स्तरीय कार्याशाला


0
Shares

काठमाडौं । भिजिट नेपाल–२०२० लाई लक्षित गर्दै हस्पिट्यालिटी तथा फुड सेफ्टीबारे उच्च स्तरीय कार्याशाला शुक्रबार काठमाडौंको तीनकुनेमा आयोजना गरिएको छ ।

रेष्टुरेन्ट तथा वार एसोसिएसन नेपाल(रेवान) तथा सेफ अफ एसोसिएसन नेपालको सहकार्यमा भएको कार्यक्रममा नेपाल आउने पर्यटकलाई स्वागत र सत्कार साथै स्वस्थ्यकर खाना कसरी खुवाउन सकिन्छ भन्ने विषयमा छलफल भएको रेवानका महासचिब एकराज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिहरुले आफ्नो अनुभव सुनाउनका साथै हस्पिट्यालिटी तथा फुड सेफ्टीलाई व्यवस्थित बनाउन खेल्नुपर्ने भूमिकाका बारेमा आफ्नो भनाइ राखेका थिए ।

दुईसय बढी सहभागि रहेको कार्यक्रममा रेवानका अध्यक्ष अरनीको राजभण्डारी, सेफ अफ एसोसिएसन नेपालका संस्थापक अध्यक्ष पुष्प थापाले पर्यटन बर्ष सफल बनाउन पर्यटन उद्योगमा हस्पिट्यालिटी तथा फुट सेफ्टी अति आवश्यक रहेको औंल्याए ।

कार्याशालामा म्यारिओट होटलका लर्निङ एण्ड डेभेलपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठ र फुडमाण्डुका कार्यकारी प्रमुख निदान श्रेष्ठले हस्पिट्यालिटी क्षेका लागि मानव शंसाधनको भूमिका र जिम्मेवारीबारे आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी, एआइटिएम कलेजका प्राचार्य वसन्त जोशीबाट ‘फूड  प्रोडक्शन, सेफ्टी एण्ड हाइजिन’ विषयमा प्रस्तुति दिएका थिए भने गेट कलेज मण्डिखाटारका प्रमुख कार्यकारी अधिकृत खेम खलैले ‘रेष्टुरेन्ट सञ्चालन’ विषयमा प्रस्तुति दिएका थिए । 

कार्यक्रममा भ्रमण बर्ष २०२० का प्रदेश ३ संयोजक अनिल लामा, रेवानमा पूर्व अध्यक्ष किशोर जंग पाण्डेयले आफ्नो अनुभव सुनाए ।

रेवाका कोषाध्यक्ष नरेशध्वज श्रेष्ठले सहजिकरण गरेको कार्यक्रममा उद्योगी तथा समाजसेवी राज्यलक्ष्मी शाक्यलगायतका अन्य बक्ताले हस्पिट्यालिटी क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुले क्षमता अभिबृद्धिका कार्यक्रमहरु अगाडी सार्नुपर्ने बताए ।

कार्यक्रमलाई सेफ अफ एसोसिएसनका महासचिब पदम आलेमगर र रेवानका सदस्य विप्लव भट्टले थप उत्साह मिलेको प्रतिक्रिया दिए ।