
जुम्ला । जुम्ला सुर्की गाउँका चार जना किशोर गत साउन १ गतेदखि सम्पर्कविहीन छन् । तातोपानी गाउँपालिका– ७ सुर्की गाउँका गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत हराएका छन् ।
त्यसैगरि, रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुलबहादुर रावत र देवीभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत ४२ दिनदेखि सम्पर्कविहिन रहेको स्थानीय युवा राजु रावतले जानकारी दिएका छन् ।
सो ठाउँबाट भारतको हिमाञ्चल र उत्तर प्रदेशमा रोजगारीका लागि जाने चलन रहे पनि उनीहरु कहाँ छन् भन्ने कसैलाई थाहा नभएको स्थानीयले बताएका छन् ।
ती किशोरहरु कालापहाडतिर गएको हुनसक्ने अनुमान गरिए पनि यकिन हुन नसकेको स्थानीय प्रशासनले जनाउको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले किशोरहरु सम्पर्कविहिन रहेको विषय ढिलो गरी जानकारीमा आएको भन्दै यथाशीघ्र खोजी कार्य गर्ने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्