काठमाडौं । महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा चुडाउँदा नदीमा बगेका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । भारतको बाटो भएर सदरमुकाम खलंगा आउने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा खसेर बेपत्ता भएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा चुडाउँदा धामी महाकालीमा खसेका थिए । बेपत्ता धामीको खोजी जारी रहेको जनाइएको छ । उक्त घटनाको छानविनका लागि सरकारले साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिले अझै प्रतिवेदन बुझाइसकेको छैन ।
यस्तै, सरकारले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सिंह सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सलोनि प्रधान सिंह नियुक्त हुनुभएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्