
काठमाडौं, मंसिर २७ । नूरगंगा प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका पाँच जनालाई सम्मान गरिएको छ ।
गुठीले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले उनीहरुलाइ सम्मान गरेकी हुने ।
प्रतिभा सम्मानबाट वरिष्ठ पत्रकार भैरव रिसाल, राष्ट्रिय लोकगायन पुरस्कारबाट बिमाकुमारी दुरा, क्षेत्रिय साहित्य पुरस्कारबाट प्रा.डा. मुरारीप्रसाद रेग्मी, राष्ट्रिय नव प्रतिभा साहित्य पुरस्कारबाट अनुज नेपाल र क्षेत्रिय नवप्रतिभा लोकगायनबाट कमला पोखरेललाई सम्मान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्