१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


नेपाल ‘नीलो’ जापानको जेएफएलसित ४–० ले पराजित


0
Shares

काठमाडौं, मंसिर २७ । नेपाली ‘नीलो’ फुटबल टोली जापानको जेएफएल टोलीसित पराजित भएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानमा भएको मैत्रीपूर्ण फुटबलमा २२ वर्षमुनिका खेलाडीहरु सम्मिलित जापानी टोली ४–० ले विजयी भएको हो ।

मध्यान्तरसम्म एक गोल गरेको जापानी टोलीले मध्यान्तरपछि तीन गोल गरेको थियो ।

जादूमयी शैलीमा गोल गर्नेक्रममा मासाहिको सुगिताले दुई तथा सुनामाता र दोसिकी सासाकीले एक/एक गोल गरे ।

जापानी खेलाडीहरुले कलात्मक शैलीले गोल गरेका थिए ।

भोला सिलवालको कप्तानीमा रहेको नेपाली ‘नीलो’ टोलीमा रुपेश केसी, रवि पासवान, सुवास गुरुङ, सुमन लामा, लक्ष्मण रुचाल, हेमन्त थापामगर, छिरिङ गुरुङ, विजय धिमाल, अजित भण्डारी र अर्पण कार्की रहेका थिए । गोलरक्षक अर्पणले केही प्रहारको भने उत्कृष्ट बचाउ गरेका थिए ।

दशरथ रंगशालामा वर्षाले गर्दा केही स्थान हिलाम्मे भएको छ ।

शनिबारदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग हुने भएकाले पनि नेपाली क्लबमा आवद्ध खेलाडीहरु बचेर खेलेका थिए ।

जापान फुटबल संघको सहयोगमा आएको सो टोलीले आउँदो आइतबार ‘ए’ डिभिजन लिगको साविक विजेता मनाङ–मर्स्याङ्दी क्लबसित मैत्रीपूर्ण खेल खेल्नेछ ।