१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


ललितपुर महानगरपालिकाले भिमसेन मन्दिर पुनः निर्माणका लागि रकम प्रदान


0
Shares

काठमाडौं, मंसिर २७ । ललितपुर महानगरपालिकाले व्यापारीहरुको आराध्यदेव मानिने भीमसेन देवताको मन्दिर पुनः निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ ।

महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई एक करोड रुपैयाँको चेक मन्दिर पुनः निर्माण सरोकार समितिका संयोजकलाई प्रदान गरे ।

पाटन दरबार क्षेत्रमा रहेको भिमसेनको मन्दिर २०७२ सालको भूकम्पले भत्काएको थियो । मन्दिरको स्थानीय व्यापारी, व्यक्ति र महानगरपालिकाको संलग्नतामा पुनःनिर्माण भइरहेको छ ।

यसैगरी हिमालयन बैंक लिमिटेडका अध्यक्ष मनोज बहादुर श्रेष्ठले पनि पाँच लाख रुपैयाँ समितिलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पुराना सम्पदाको पुनः निर्माणमा सरकार भन्दा स्थानीय समुदायले नै जिम्मा लिनुपर्ने बताए ।

सरकारको आर्थिक सहयोगमा काम गर्दा सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत काम गर्नुपर्ने र कम रकममा काम गर्नेलाई जिम्मा दिँदा गुणस्तरीय नहुने उनको तर्क थियो । 

महानगरले स्थानीयकै आर्थिक सहयोगमा मन्दिर निर्माण गर्न उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्षतामा पुनः निर्माण सरोकार समिति गठन गरेको छ ।