Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


पार्टी सभापति देउवालाई तानाशाह नबन्न नेता सिंहको चेतावनी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई तानाशाह नबन्न चेतावनी दिनुभएको छ ।

सभापतिकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप हुन नसकेको आरोप लगाउँदै सिंहले देउवालाई तानाशाह नबन्न चेतावनी दिनुभएको हो ।

मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको मल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप नभएकाले समस्या देखिएको बताउनुभयो ।

‘यसको कारण पार्टी सभापति नै हो’ उहाँले भन्नुभयो, ‘क्रियाशिल सदस्यता वितरणमा व्यापक धाँदली भएकाे छ, यो सभापतिले जतिसक्दो छिटो प्रक्रिया अनुसार टुङ्ग्याउनुपर्छ ।’

उहाँले कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधान अनुरुप तह लगाउने समेत चेतावनी दिनुभयो ।

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधवारबाट जिल्ला सभापतिहरुलेसमेत अनसन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उहाँले बताउनुभयो ।