Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


महासंघ र संयुक्त राष्ट्रसंघ बीच सहकार्यमा जोड


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्रसंघ बीच स्तरोन्नतिको प्रभाव न्यूनीकरण र दिगो विकासका लक्ष्यहरू (एसडीजी) कार्यान्वयनमा सहकार्यका लागि जोड दिइएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो बीच बुधबार महासंघ सचिवालयमा भएको छलफलमा सहकार्यका लागि जोड दिइएको हो ।

भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूलाई पुरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नत्ति हुदा आइपर्ने चुनौती सामना गर्न निजी क्षेत्रको भूमिका एवं कोभिडबाट अर्थतन्त्रमा परेको असर न्युनिकरणका लागि संयुक्त प्रयास गर्ने लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।

महासंघले अघि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुन सके नेपालले दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्ने संयोजक साराको धारणा थियो । नेट २०३० ले नेपालले अबको पाँच वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नत्ति हुन पुरा गर्नुपर्ने तयारीलाई समेत समावेश गरेको छ ।