१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल हुँदै


0
Shares

काठमाडौं, मंसिर २७ । नेपालको निलो र जापानको जे लिग खेल्ने मिस्रित टिमबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजेपछि मैत्रीपूर्ण खेल सुरु हुने छ ।

जापान फुटबल संघको सहयोगमा आएको टिमले गएको संस्करणको ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने छ ।

आज खेल्ने नेपाल निलो टिममा सागमा स्वर्ण पदक जित्दा खेलेका केही खेलाडी रहने छन् ।

यस्तै नेपाल निलो र जापानी टोलीबीचको खेलका लागि रंगशालामा टिकट पनि तोकिएको छ ।

साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँको टिकट तय गरिएको छ ।