
काठमाडौं, मंसिर २६ । नेपाल र जापानको टोलीबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ ।
शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोलीको नीलो र जापानको २३ वर्षमुनिको जेएफएल टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।
दशरथ रंगशालामा दिउँसो ३ बजेदेखि हुने खेलका लागि नेपाली टोलीमा राष्ट्रियदेखि उमेर समूहका खेलाडीहरु हुनेछन् ।
त्यस्तै, जापानी टोलीमा लिगका खेलाडी रहनेछन् ।
सो खेल हेर्न ‘भीआइपी’तर्फ एक हजार र सामान्य ‘पारापिट’तर्फ ५०० रुपैयाँको टिकट मूल्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्