
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ८१० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार ५ सय २५ जनामा संक्रमण पुष्टि भएको हो।
देशभर दुई हजार ८६ जना संक्रमित निको भई डिस्चार्ज हुँदा ३५ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर ३८ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेकामध्ये मध्ये ३५ हजार १ सय ४५ होम आइसोलेसन, ३ हजार १ सय ५ जना संस्थागत आइसोलेसन छन् ।
यस्तै, ६ सय २० जना आईसीयूमा हुँदा १ सय ७० जनाको भेन्टिलेटरमा राखेर उपचार भइहेको मन्त्रालयले जनाएको छ ।
देशभर ४९ लाख ४३ हजार ७ सय ३२ जनाले पहिलो मात्रा खोप लगाउँदा ३८ लाख ५७ हजार ५ सय ९८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्