१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


मुख्यमन्त्रीद्धारा साग पदक बिजेता खेलाडीलाई पुरस्कार


0
Shares

कैलाली, मंसिर २६ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक जित्ने सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई नगद सहित सम्मान गर्ने घोषणा गरेका छन् ।

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई ३० हजार रुपौयाँ दिने घोषणा गरेका हुन् ।

सबै प्रक्रिया पुरा गरेर सामाजिक विकास मन्त्रालयबाट खेलाडीहरुलाई रकम हस्तान्तरण गरिने मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव शिव सिंह ओलीले जानकारी गराए ।