
बैतडी, मंसिर २६ । बैतडीको पाटन विमानस्थलमा कालोपत्र गर्ने काम सुरु गरिएको छ ।
आउँदो असारसम्म कालोपत्र गरिसक्ने लक्ष्यसहित निर्माण सुरु गरिएको हो ।
करिब ११ करोड २९ लाख रुपैयाँको लागतमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे तथा ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिनेछ ।
विमानस्थल कालोपत्रको कामपछि अरु संरचना बनाउन भने थप समय लाग्ने बताइएको छ ।
लामो समयपछि विमानस्थल कालोपत्रको काम अगाडि बढेपछि स्थानीय खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्