
काठाडौं, मंसिर २६ । बिहीबार (आज) १६ औं राष्ट्रिय ज्यापु दिवस ।
यस अवसरमा बिहीबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंमा बाजागाजा तथा झांकी सहितको र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको छ ।
र्यालीमा उपत्यकाको ६३ वटा टोलका ज्यापु समुदायको सहभागिता थियो ।
ज्यापु संस्कृति विकास कोषले परम्परागत मौलिक संस्कृति र धार्मिक महत्व बोकेका सम्पदाहरुको संरक्षण तथा सम्बद्र्धन गर्न हरेक वर्ष ज्यापु दिवस मनाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्