
एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलको उत्तरी गेटमा एक जना सुरक्षा गार्डको गोली हानी हत्या गरिएको छ । तालिवानी बन्दुकधारी र अफागान सेनबीच भएको गोली हानाहानमा जर्मनीका सुरक्षा गार्डको मृत्यु भएको बीबीसीले जनाएको छ ।
सो गोली हानाहानमा अन्य तीन जना घाइते भएको बताइएको छ । यही अगस्ट १५ मा तालिवानी विद्रोहीले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि विमानस्थलमा सुरक्षा बढाइएको छ ।
सुरक्षाका लागि भन्दै अमेरिकी सेनाको नेतृत्वमा विभिन्न सेना काबुलमा रहेका छन् । नाटोमा एक अधिकारीले एक सातामा २० भन्दा बढी नागरिकको हत्या भएको दावी गरेका छन् ।
तालिवानीले सत्ता कब्जामा लिएलगत्तै आफ्ना नागरिकलाई सुरक्षा दिन बताएपनि हजारौं नागरिक असुरक्षित भएको भन्दै विमानस्थलमा विदेशी सेनाको शरणमा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्