Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


वामदेवले फेरि भने म एमालेमै छु, नेकपा एकीकृत समाजवादीमा गएको भन्दै मेराे चरित्र हत्या गरियाे


0
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफू एमालेमै भएको पुन: प्रष्ट्याउनु भएको छ ।

गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएको हल्ला चलिरहेका बेला गौतमले आफ्नो धारणा सार्वजनिक गर्दै अझै एमालेमै रहेको प्रस्ट्याउनु भएको हो ।

गाैतमका स्वकिय सचिव दिपक टमाटाले आज फेसबुकमा स्टाटस लेखेर वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृतमा गएको हल्ला मात्रै भएकाे र उहाँकाे चरित्र हत्या गर्ने काम मात्र भएकाे बताउनुभयाे ।

‘आजकल केही दिन देखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क‍मरेड वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होईन,’ स्टाटसमा भनिएकाे छ।’

त्यस्तै, सचिवालयले विभिन्न खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको पनि दावी गरेकाे छ । अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो स्टाटसमा उल्लेख छ ।