
म्याग्दी । म्याग्दीको ज्यामरुककोटको खड्गभवानी कोतमा ऐतिहासिक सम्पदा संरक्षण र मन्दिर निर्माण अभियान शुरु गरिएको छ ।
ज्यामरुककोटको खड्गभवानी परिसरमा रहेका ऐतिहाँसिक वस्तुहरुको संरक्षण र पुख्र्यौली पहिचानका लागि ज्यामरुककोटका सापकोटाहरुले २० लाख रुपैयाँको लागतमा मन्दिर निर्माण सुरु गरेका हुन् ।
१६ औं शताब्दीमा बाइसे चौविसे राजाहरुमध्येको शक्तिशाली मानिने पर्वत राज्यको राजनीतिक उथलपुथलको केन्द्र मानिएको ज्यामरुककोटमा राजा भर्तिवम मल्लले राज्य गरेको बताईएको छ ।
अहिले यो स्थानमा सापकोटाको बाहुल्यता रहेको छ । आफ्नो पुख्र्यौली थलोको विकास र संरक्षणका लागि सापकोटाले अहिले यहाँको सम्पदा संरक्षण र मन्दिर निर्माण अभियान सुरु गरेको गोविन्द शर्मा सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्