१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


लिभरपुल, चेल्सी, नापोली, बोरुसिया डर्टमण्ड, लियों र भ्यालेन्सीया नक आउट चरणमा


0
Shares

काठमाडौं । शीर्ष क्लबहरु लिभरपुल, चेल्सी, नापोली, बोरुसिया डर्टमण्ड, लियों र भ्यालेन्सीया युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा उक्लिएका छन् ।

गएराती भएको खेलमा फ्रेन्च क्लब लिल्लाई २–१ ले हराउँदै चेल्सी समुह ‘एच’ को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्‍यो ।

यो समुहबाट विजेता बन्दै भ्यालेन्सीया नक आउट चरणमा पुग्दा गत सिजनको उपविजेता नेदरल्याण्ड्सको आयाक्स समुह चरणबाटै बाहिरियो ।

यसैगरी समुह ‘ई’ को खेलमा साल्जवर्गलाई २–० ले हराउँदै लिभरपुल अर्को चरणमा उक्लिएको छ । यही समुहको अर्को खेलमा ईटालीको नापोलीले बेल्जीयमको गेन्कलाई ४–० ले पराजित गर्‍यो ।

समुह ‘एफ’ को खेलमा स्पेनको बार्सिलोनाले इटालीको इन्टर मिलानलाई २–१ ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले चेक गणतन्त्रको स्लाभिया प्रागमाथि २–१ कै जित निकाल्यो ।

यो समुहबाट बार्सिलोना र डर्टमण्डा अर्को चरणमा उक्लिए । समुह ‘जि’ का खेलहरुमा पोर्चुगलको बेनिफिकाले रुसको जेनिथलाई ३–० ले हराउँदा फ्रान्सको लियोंले जर्मनीको आर.बी लेप्जीगसँग २–२ गोलको बराबरी खेल्यो ।

च्याम्पियन्स लिग फुटबलअन्तर्गत समुह चरणका अन्तिम आठ खेलहरु आज राती हुनेछन् ।