२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


सेयरबजार सामान्य अंकले सकारात्मक, कारोबार आधा अर्ब बराबर पुग्यो


0
Shares

काठमाडौं, मंसिर २४ । मंगलबार सेयरबजार सामान्य अंकले सकारात्मक रह्यो ।

अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको सेयरबजार यसदिन सामान्य अंकले सकारात्मक रहेको हो ।

यसदिन कारोबारमा सुधार आएर आधा अर्ब बराबर पुग्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे २ अंक बराबरले सकारात्मक रही ११ सय ५१ पुग्यो ।

यसदिन कारोबार भएका बढीजसो समूहमा सुधार आएसँगै नेप्से पनि हरियो रहन पुगेको हो ।

यसदिन अन्य, उत्पादनमूलक, जलविद्युत् र निर्जीवन बिमा समूहबाहेक अरु समूह सकारात्मक रहेका हुन् । होटल समूह सबैभन्दा उच्च २८ अंकले उकालो लाग्यो । व्यापार समूह पनि २३ अंकको सुधारिँदा अरु भने सामान्य अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका १६ लाख ५३ हजार कित्ता सेयर ४९ करोड ८५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।