Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


१० वर्षमा कक्षा १० को शैक्षिक उपलब्धिमा ६ प्रतिशतले वृद्धि


26
Shares

काठमाडौं । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययन प्रतिवेदनले कक्षा १० को शैक्षिक उपलब्धि बढेको उल्लेख गरेको छ ।

शिक्षा पत्रकार सञ्जालले शुक्रबार गरेको कार्यक्रममा केन्द्रले सन् २०११ कक्षा १० को शैक्षिक उपलब्धि ४१ प्रतिशत रहेकोमा २०२० मा ५० प्रतिशत पुगेको जानकारी गरायो ।केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले अहिलेको उपललब्धिमै सन्तुष्ट भने हुन नसकिने बताउनुभयो ।

एक हजार आठ सय विद्यालयका प्रधानाध्यापक, तीन हजार छ सय शिक्षक र बयालिस हजार विद्यार्थीमा गणित, विज्ञान, अंग्रेजी र नेपाली विषयमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो ।

आर्थिक रूपमा सम्पन्न परिवारका विद्यार्थी, शहर, निजी विद्यालयका विद्यार्थीको शैक्षिक उपलब्धि बढि रहेको केन्द्रले जनाएको छ ।