
काठमाडौं, मंसिर २४ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् बक्सिङमा नेपालले ३ स्वर्ण, ६ रजत र ३ कास्यपदक जितेको छ ।
सनिल शाही, मीनु गुरुङ र भूपेन्द्र थापामगरले नेपाललाई स्वर्णपदक दिलाएका हुन् ।
मंगलबार सातदोबाटोस्थित कराते कभर्डहलमा पुरुष ६० केजी तौल समूहको फाइनलमा भारतका वरिन्दर सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।
यसअघि, सोमबार महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडी शिक्षालाई हराएर मीनुले स्वर्णपदक जितेकी थिइन् ।
भूपेन्द्रले ६४ केजी तौल समूहमा भारतकै खेलाडी मनीष कौशिकलाई हराएर स्वर्णपदक जिते ।
नेपालका ९ खेलाडी फाइनलमा पुगेकामा ६ खेलाडीले रजतपदक जितेका छन् ।
४८ किलो तौल समूहमा ललिता महर्जन, ६० किलो तौल समूहमा संगीता सुनार, ५१ केजीमा माला राई, ८१ केजीमा गणेश प्रधान, ६४ केजीमा पुनम रावल तथा ९१ केजीमाथिमा आशिष दुवाडीले रजतपदक जिते ।
त्यस्तै, महिला ५७ केजीमा चन्द्रकला थापा, पुरुष ५२ केजीमा तेजबहादुर देउजा र पुरुष ६९ केजीमा विकास लामाले कास्यपदक जिते ।
प्रतिक्रिया दिनुहोस्