
उपेन्द्र खनाल (इमेज)
तनहुँ, साउन १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्रधानन्यायाधीशमाथि अंकुश लगाएर स्वतन्त्र न्यायालयमाथि हमला गर्न खोजेको दाबी गरेका छन् ।
मंगलबार तनहुँको दमौलीमा कांग्रेसको विरोधसभामा बोल्दै पौडेलले सरकारले अदालतमाथि हमला गरेको र सर्वसत्तावाद लाद्ने दिशामा अघि बढेको आरोप लगाए ।
उनले वर्तमान सरकारले कम्युनिस्टहरुले चुनाव जितेको ठाउँमा धेरै बजेट दिएको र कांग्रेसले जितेको ठाउँमा थोरै बजेट दिएको जिकिरसमेत गरे ।
प्रतिक्रिया दिनुहोस्