
काठमाडौं, मंसिर २४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वमन्त्री रघुवीर महासेठले मन्त्रालयबाट लिएको सवारीसाधन फिर्ता गरेका छन् ।
पूर्वमन्त्री महासेठले सवारीसाधन फिर्ता नगरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उनले यस मन्त्रालयबाट लिनुभएको सवारीसाधन समयमै फिर्ता गरेको पनि मन्त्रालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्